Fri. Mar 29th, 2024

बुढीगण्डकी आयोजना ‘क’ र ‘ख’ को अनुमतिपत्र खारेज

२८ फागुन, धादिङ

भारतीय कम्पनीले ओगटेर राखेका कुल ७४० मेगावाट बराबरको आयोजनाको लाइसेन्स खारेज भएको छ । पछिल्लो समय उर्जा मन्त्रालयले लामो समयसम्म आयोजना आगटेर मात्र बस्ने र निर्माण अघि नबढाउने कम्पनीहरुको लाइसेन्स खारेज गर्न लागेको छ ।

उत्पादन अनुमतिका लागि आवश्यक कागजात पेश गर्न नसक्दा बुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजनाको प्रबर्द्धक कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिकको आयोजना अनुमतिपत्र खारेज भएको हो ।

बुढीगण्डकी ‘क’ १३० र ‘ख’ २६० मेगावाटका आयोजना हुन् । नौलो नेपालले उत्पादन अनुमतिपत्रका लागि आवश्यक पर्ने फाइनान्सियल क्लोजरको रिपोर्ट, विद्युत् प्राधिकरणसँग गरिने विद्युत खरिद सम्झौताको पत्र र उद्योग दर्ताको कागजात पेश गर्न नसकेको उर्जा मन्त्रालयले जनाएको छ ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: