Fri. Mar 29th, 2024

बुढीगण्डकीको मुआब्जा दरमा असन्तुष्टि जनाउदै प्रशासनलाई ध्यानाकर्षण

dhanyakarsana

२६ पुस,  धादिङ  –

बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा निर्धारण समिति धादिङले निर्धारण गरेको मुआब्जा दर रेटप्रति असुन्तुष्टी बढ्दै जान थालेको छ । मुआब्जा चित्तबुझ्दो नभएको र समयानुकुल दररेट पनि ब्यवहारिक नभएको भन्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समिति आगिन्चोकले जिल्ला प्रशासन कार्यलय धादिङमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

हाल निर्माणाधिन रहेको मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ जिल्लाको आगिन्चोक गाउँ विकास समिति र यस आसपासका सडकहरुमा सरकारले तोकेको मुआब्जा रकम निकै नै कम भएको भन्दै आगिन्चोकका स्थानियहरुले प्रमुख जिल्ला अधिकारीलाइ ध्यानकर्षण पत्र बुझाएका हुन्।

अत्यन्तै उब्जाउ हुने खेतवारीहरु डुवाउनुपर्ने र साधारण पाखोबारी सरह उक्त जग्गाको मुल्यानङकन हुनु निकै दुःखदायी भएको आगिचोकका सुजन थपलियाले बताए । तत्काल मुआब्जा दररेटमा पुनरावलोकन गर्न माग गर्दै उनीहरुले मुआब्जा निर्धारण समितिका अध्यक्ष एवं धादिङका प्रमुख जिल्ला अधिकारीलाइ ९ बुदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्ग आसपासका जग्गाहरुमा मुआब्जा निर्धारण गर्दा आयोजना क्षेत्रका अन्य सडक भन्दा रकम बढी हुनुपर्ने, उर्वर जमिन डुवानुपर्ने  भएकाले उक्त ठाउको जग्गालाइ अब्बल दर्जामा राख्नुपर्ने, बिस्थापितहरुलाइ चाहेजति शेयर दिनुपर्ने, भुकम्पले भत्काए संरचना र विस्थापितहरुलाइ समयमा नै घर निर्माण गर्नका लागि पहिलो चरणमा मुआब्जा वितरण गरिनुपर्ने, भुकम्पबाट बचेका संरचनाहरुको मुल्याङकन हुनुपर्ने लगायतका माग हरु रहेका छन् ।
२०७३ पुस २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: