Today: October 24, 2017

चिनिया कम्पनीलाई दिइएको बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न निर्देशन


९ असोज,  धादिङ –

 

बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् ।

व्यवस्थापिका संसदका दुई वटा समितिले सोमबार बसेको बैठकले खारेज गर्न निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले गत जेठ ९ गते बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड ९सीजीजीसी०गेजुवालाई दिने निर्णय गरेको थियो ।

बुढीगण्डकी जलबिद्युत आयोजना सम्बन्धमा मन्त्रिपरिषद,उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको,सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र नेपालमा जलबिद्युत क्षेत्रमा असफल सावित चिनिया कम्पनी गजुवा समूहसँग हचुवाको भरमा समझदारी गरिएका कारण प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने निर्णय गरेको हो ।

 

२०७४ असोज ९ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट