Thu. Mar 28th, 2024

बुढीगण्डकीको काम रोकिँदैन : उर्जामन्त्री


११ असोज,  धादिङ  –

उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजनाको काम अहिले नरोकिने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा मन्त्री शाहीले बुढीगण्डकीको काम कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले भने – अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन, सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।’

उनले बुढीगण्डकीको बारेमा अदालतले हेरिरहेकोले हतारिएर संसदीय समितिले निर्णय गर्नु आफैमा गलत भएको आरोप लगाए । ‘अदालतले निर्णय दिनुपर्दथ्यो, ढिला भयो तर अदालतमा विचाराधिन रहेको विषयमा समितिले हतार–हतार निर्णय गर्नु राम्रो होईन’ उनले भने । उनले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो गरे। ‘एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको छ, यसले राम्रो सन्देश दिएका छैन’ उनलेभने।

मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गरे। उनले भने, ‘समितिले कुनै पनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो ।’ यद्धपी उनले बुढीगण्डकी नेपाल आफैले निर्माण गर्न नसक्ने बताए ।

२०७४ असोज ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: