Thu. Mar 28th, 2024

क्षमता बढाएको भन्दै बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप

budi-gandaki

७ पुस,  धादिङ –

धादिङ र गोरखाको सिमानमा निर्माण हुन लागेको बुढीगण्डकी जलविद्युत आयोजनामा अख्तियारले अुनुसन्धान थालेको छ ।

तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –(डिपिआएर)समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्तियारले हस्तक्षेप गरेको छ ।

कुनै पनि जलविद्युत आयोजनामा क्षमता सहसचिव एवं प्रवक्ता गणेशराज कार्की भने अनुसन्धान टुंगिएपछि मात्र अख्तियारमा विचाराधिन मुद्दाहरुबारे बताउन सकिने बताए ।

६ सय मेगावाटको क्षमतलाई १ हजार दुई सय मेगावाट पु¥र्याइएको बारे अख्तियारले बूढीगण्डकी विकास समिति तथा नेपाल विद्युत प्राधिकरणसँग् विवरणहरु मागेर छानविन अघि बढाएको छ ।

विकास समितिमा हस्तान्तरण हुनुअघिका सबै विवरणहरु प्राधिकरणले अख्तिकारमा दिइसकेको प्राधिकरणका एक अधिकारीले बताएका छन । कारोबार दैनिकबाट

२०७३ पुस ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: