Today: October 22, 2018

यस्तो छ बुढीगण्डकीको अस्थिर विकास


२३ असोज, धादिङ –

बुढीगण्डकी आयोजना ०४० बाट अध्ययन सुरु भएको हो ।

तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईद्धारा बजेटमार्फत ०६८ सालमा यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको सुचीमा समावेश गरियो ।

०७४÷७५ को बजेटमा बुढीगण्डकी जलविधुत् आयोजनाका लागि लगानी जुटाउन पेट्रोलियम पदार्थमा ५ रुपैयाँ पुर्वाधार कर उठाउने व्यवस्था लागु गरी कार्यान्वयनमा ल्याईयो ।

जेठ ०७४ मा आयोजना चीन सरकारको पुर्ण स्वामित्व रहेको कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी सिजिजिसी लार्य दिइयो ।

२७ कात्तिक ०७४ मा सरकारले सिजिजिसीलाई बुढीगण्डकी बनाउन दिने समझदारी खारेज गर्यो ।

तर, ५ असोज मन्त्रिपरिषद बैठकले उर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयलाई सिजिजिसीसँग वार्ता गरी सम्झौतामा हस्ताक्षर गर्ने गरी निर्देशन दिएपछि विवाद फेरि सुरु भयो ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

२०७५ असोज २३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट