Today: September 23, 2018

धादिङमा बस र ट्रक जुध्दा चालक सहित २ को मृत्यु

 

३ बैशाख, धादिङ –

पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे महादेवबेंसीमा आइतबार मध्यरातमा बस र ट्रक जुध्दा चालक सहित २ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौं आउदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट गौर जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किँदा ट्रक चालक ललितपुर

निवासी ३२ वर्षीय मनोज डंगोलको घटनास्थलमै मृत्यु भएको छ भने बसमा यात्रु गर्ने अन्दाजी १२ वर्षीया बालिकाको पनि मृत्यु भएको छ।

उक्त दुर्घटनामा थप ५ जना पनि गम्भीर घाइते भएका छन्। घाइतेहरुको गणेशमान हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए।

२०७५ बैशाख ३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट