Today: June 21, 2018

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

२९ फागुन,  धादिङ

पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाईते भएका छन् । धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नम्बरको कार मंगलबार बिहान दुर्घटना हुदाँ धादिङको थाक्रेगाउँपालिका ३ बस्ने २३ वर्षका सरोज सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन् ।

घाईतेहरुको सोही मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

 

२०७४ फागुन २९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट