Fri. Mar 29th, 2024

सिडी विजय अधिकारी भए ‘दि भ्वाइस अफ नेपाल’ को विजेता


२९ मंसिर, धादिङ –

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् ।

कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द शुक्रबार मध्यरातमा सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरिन् । सो अघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।

२०७५ मंसिर २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: