Today: November 18, 2018

धादिङमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने

१९ कात्तिक,धादिङ –

तिहारको अवसरमा पर्वको अवसरमा शान्ति सुरक्षामा आँचआउने कुनै पनि कार्य नगर्न एवम् देउसी भैलौ साँझ ९ बजे सम्म संचालन गर्न जिल्ला प्रशासन कार्यलय धादिङले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयद्वारा  सूचना जारि गर्दै आशन्न शुभ दिपावली र छठ पर्वको अवसरमा जिल्ला भित्र कुनै पनि आतिसवाजी पटका, भुईचम्पा, लगायतका विस्फोटक पदार्थ उत्पादन, भण्डारण, विक्रि वितरण र प्रयोग नगर्न देउसी भैलो खेल्ने खेलाउने बहानामा सामाजिक सास्कृतिक मुल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आग्रह गरेका छन्  ।

जिल्ला प्रसाशन कार्यालय धादिङले तिहार र छठ पर्वलाई व्यवस्थित र भयरहित बनाउन सूचना जारी गरेको छ ।

२०७५ कात्तिक १९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट