Fri. Mar 29th, 2024

कृषिमा व्यवसायीकरणको आवश्यक : मन्त्री खनाल

१३ असार, धादिङ –

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिमा व्यवसायीकरणको आवश्यक रहेको बताएका छन् । कृषि पेशालाई सम्मानित, व्यवसायीकरण र मर्यादित बनाए मात्र किसानले गरेको मेहनतको फल पाउने बताए ।

कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लि. को २२ औ साधारणसभालाई सम्बोधन गर्दै खनालले कृषिको लगानीमा दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रविधिको प्रयोग, बजार व्यवस्थापनको कमी, कृषिमा लगानी कम भएको बताउँदै मन्त्री खनालले कृषिलाई प्राथमिकतामा राख्ने बताए । ‘८० प्रतिशत नेपाली कृषि पेशामा जोडिएका छन्’ खनालले भने, ‘राज्यले कृषि क्षेत्रमा २.९ हिस्सा मात्र बजेट छुट्टाएको छ ।’ निरन्तर घट्दो अवस्थालाई राज्य संचालकले यसको दोष लिनुपर्ने खनालले बताए ।

किसानका लागि आउने अनुदान ठूलाहरुका लागि नभई कुटो, कोदालो बोक्ने किसानका लागि भएको बताए । किसानलाई दिएकै अनुदानले विषादीमुक्त कृषिजन्य उपज नेपाली समाजमा हुने बताउँदै किसानका लागि आउने अनुदान रकम दुरुपयोग रोक्न कार्यनीति ल्याउने बताए । नीति, नियम र कानुनलाई सच्याएर सरकारले किसानको पक्षमा आवाज उठाउने खनालको भनाई छ ।

२०७५ असार १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: