Today: February 23, 2019

धादिङको गजुरीबाट ३६० किलो चरेससहित दुई जना पक्राउ

२७ माघ, धादिङ –

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाँउपालीका गजुरी बजारबाट ३६० किलो ग्राम लागु औषध चसेर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागु औषध ब्युरोबाट खटी आएको प्रहरी टोलीले विशेष शुराकीको आधारमा प्रहरी चेक जाँचको क्रममा गजुरीमा पक्राउ गरेको हो ।

काठमाण्डौबाट भारत तर्फ लैजादै गरेको एसआर ५५ एम ९४८४ नम्वरको भारतिय नम्बरको कन्टेनरबाट सो चरेस बरामद गरेको हो । पक्राउ पर्नेहरुमा उत्तर प्रदेशका ओम प्रकाश, महोत्तरी जिल्लाका गुलाफ खान रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ । पक्राउ परेको लागु औषध चरेस अहिलेसम्मकै सबै भन्दा ठुलो परिमाणको रहेको प्रहरीले जनाएको छ ।

२०७४ माघ २७ गते प्रकाशित

Loading...

ताजा अपडेट