Thu. Mar 28th, 2024

पाँच केजी चरेससहित दुई जना पक्राउ


२९ फागुन, काठमाडौं–

महानगरीय प्रहरी बृत्त दरबार मार्गको प्रहरी टोलीले पाँच केजी लागु औषध (चरेश) सहित दुई जना जनालाई पक्राउ गरेको छ ।

सादा पोशाकमा दरबार मार्ग बृत्तबाट खटिएको प्रहरी टोलीले काठमाडौं–२, लाजिम्पाटबाट सोमबार साँझ चरेशसहित दुई जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तालावाङ–५, रोल्पा घर भई नवलपरासी गैंडाकोट बस्ने वर्ष ३२ का विजय घर्तिमगर र बाबियाचौर–४, म्याग्दी घर भई पोखरा नदीपुर बस्ने वर्ष ३० का सुमन रोका मगर रहेका छन् ।

पक्राउ गरिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको दरबार मार्गका प्रहरी प्रमूख डिएसपी दान बहादुर मल्लले जानकारी दिए ।

२०७४ फागुन २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: