Today: July 16, 2018

घरको छतबाट खसेर एकको मृत्यु

२ बैशाख,  धादिङ –

धादिङको थाक्रे गाउँपालिका २ सिम्लेमा घरको छतबाट खसेर एकको मृत्यु भएको छ ।

घरको छतबाट खसेर गम्भिर घाईते काठमाण्डौँ जोरपाटी निवासी ३४ वर्षिय राजकुमार श्रेष्ठको उपचारका क्रममा धार्के स्थित शिवदर्शन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ बजेको समयमा उक्त घटना भएको हो । श्रेष्ठ सहित परिवार मनकामना दर्शन गरेर आई स्थानिय तिलक बहादुर तामाङको घरमा बसेका थिए । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२०७५ बैशाख २ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट