Fri. Mar 29th, 2024

मुख्यमन्त्री डोरमणी पौडेल बने चेपाङ र तामाङ विद्यार्थीको अभिभावक


५ बैैशाख, हेटौंडा –

सरकारले वैशाख २ गतेदेखी भर्ना अभियान सुरु गरेसंगै सामुदायिक विद्यालयहरुमा अहिले बालबालिकाहरुको भर्ना कार्य धमाधम भईरहेका छन् । मन्त्रीदेखी प्रधानमन्त्रीसम्म यस अभियानलाई साथ दिईरहेका छन् ।

यसैक्रममा प्रदेश नंबर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले बुधबार तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् । मुख्यमन्त्री पौडेललले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका १ बालकलाई भर्ना गराउनु भयो ।

मूख्य मन्त्री पौडेलले मनहरी–६ जोगीटारका ६ वर्षीय संजित ब्लोन र मनहरी गाउँपालिका वडा नंबर ६ की ६ वर्षीया जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा एकमा भर्ना गराउनु भएको हो । विद्यालय जानबाट कोहि पनि उमेर पुगेका बालबालिका नछुटुन भन्ने उदेश्य भर्ना अभियानमा सहभागि भएको मूख्यमन्त्री पौडेलले बताए ।

मुख्यमन्त्री पौडेलले उनीहरुको लागि विद्यालय पोशाक, जुत्तादेखि स्कुल ब्याग, किताव तथा स्टेस्नरी सामग्रीको समेत ब्यवस्था गरेका छन् ।

 

२०७५ बैशाख ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: