Fri. Mar 29th, 2024

चेन्नइद्धारा हैदराबाद ६ विकेटले पराजित


११ बैशाख, धादिङ –

इण्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ ।

चेन्नइस्थित एमए चिदम्बराम स्टेडियममा भएको खेलमा शेन वाट्शनले आक्रामक इनिङ खेले । ५३ बलमा ९६ रन बनाएपछि हैदराबादले दिएको १७६ रनको लक्ष्य चेन्नइले हासिल गर्‍यो ।

वाट्सनले ९ चौका र ६ छक्का प्रहार गरेका थिए । सुरेश रैनाले पनि २४ बलमा ३६ रन बनाएका थिए ।टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा चार विकेट गुमाउँदै १७५ रन बनायो ।

उसका लागि मनिष पाण्डेले ८३ रन बनाए । उनले ४९ बलमा ७ चोका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै डेविड वार्नरले ५७ रनको योगदान दिए भने विजय शंकरले २६ रन बनाएको थियो ।

बलिङतर्फ हरभजन सिंहले दुई विकेट लिए । जितसँगै चेन्नइले आईपीएल तालिकामा १६ अंक जोडेको छ । हैदराबादको भने १० अंक छ ।

२०७६ बैशाख ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: