Fri. Mar 29th, 2024

कथा लेखन र चित्रकला प्रतियोगिता धादिङबेसीमा

 

३ बैशाख, धादिङ –
नीलकण्ठ नगरपालिका अन्र्तगतका विभिन्न विद्यालयहरु बिच कथा लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

सदरमुकाम भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा सुरक्षित आप्रवासनको सवालमा प्रतियोगिता भएको थियो ।

मानव बेचबिखन र सुरक्षित आप्रवासनमा नेपाल तथा धादिङको हालको अवस्था कारण र समस्या समाधानका उपाय र चुनौतीहरुको विषयमा डा. शैलेन्दु प्रकाश नेपालले अभिमुखिकरण गरेका थिए ।

कथा र चित्र लेखनलाई कसरी प्रभावकारी तथा गुणस्तरिय बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरीएको थियो ।
प्रतियोगितामा नीलकण्ठ मा.वि., एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, साङकोष मा.वि.चिल्ड्रेनपार्क मा.वि.,रोजमेरी मा.वि.र बालमन्दिर मा.वि.को सहभागिता रहेको थियो ।

२०७५ बैशाख ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: