Thu. Mar 28th, 2024

सीके राउतमाथि कारवाही गर्न विवेकशील साझाको माग

६ असोज, काठमाडौं–

विवेकशील साझा पार्टीले पृथकतावादी गतिविधिलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

प्रवक्ता डा सूर्यराज आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधान दिवसका दिन प्रदेश नम्बर २ मा एउटा समूह (सीके राउत)ले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार हुने गरी गरेको भेला र भाषणको भत्र्सना गर्दै कानुनी दायरामा ल्याउन माग गरिएको छ।

संविधान दिवसका दिन सीके राउतले धनुषामा प्रहरीलाई छलेर कार्यक्रम गरेका थिए। उक्त कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला विवेकशील साझाले कानुनी दायरामा ल्याउन माग गरेको हो। ‘यस्ता गतिविधिका अगुवालाई कडाईका साथ कानुनी दायरामा ल्याउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

संविधान एक गतिशील राजनीतिक दस्तावेज भएको र परिस्थिति अनुकुल त्यसमा संशोधन हुने लोकतान्त्रिक बाटो खुला रहेको भन्दै विवेकशील साझाले संविधानप्रतिको असन्तुष्टिलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्नेमा जोड समेत दिएको छ।

‘तर कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरिबस्नु आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, विवेकशील साझाले भारतीय सेना प्रमुख विपिन रावतको अभिव्यक्तिमा पनि आपत्ति जनाएको छ। एकजना सेना प्रमुखबाट सार्वभौमतामा चोट पुग्ने अभिव्यक्ति आउनु गैर कुटनीतिक र अशोभनीय हुने भन्दै भविष्यमा द्विपक्षीय सम्वन्धमा आँच आउन सक्ने गैरजिम्मेवार अभिव्यक्ति दोहोरिन नदिन पहल गर्न सरकारलाई आग्रह समेत गरेको छ।

२०७५ असोज ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: