११ चैत, धादिङ –
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० रोबाङमा सामुदायिक भवन निर्माण गरिएको छ । चेपाङ समूदायको बाहुल्यता रहेको रोबाङ आमा समूहको सक्रियता भवन निर्माण गरिएको हो । भवन नहुदाँ गाउँमा केही भेला, बैठक बस्नुप¥यो भने कि चौतारा कि बारीका पाटाहरुमा बस्नुपर्ने बाँध्यता थियो । अब चौतारामा बसेर भेला गर्नुपर्ने बाध्यता हटेको रोबाङ आमा समूहकी अध्यक्ष मनमाया चेपाङले बताइन् ।
भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित कार्यक्रमका लागि सहज हुने चेपाङले बताइन् । ‘आमा समूहको बैठक अरुको घरमा बस्नुपर्ने बाध्यता हटेको छ’, चेपाङले भनिन्, ‘सडक संजालबाट बल्ल जोडिर्दै छौँ, शिक्षा, स्वास्थ्य, विजुली लगायतका विषयमा पनि समूदायमा क्रमशः जनचेतना बढाउँदै जानेछौँ ।’ गाउँमा अझैसम्म पनि विजुलीबत्ती पुगेको छैन । स्वास्थ्य तथा सरसफाईका कुरामा पनि पछाडि नै छ ।
स्थानीय सरकार आएपछि बल्ल गाउँमा बाटो पुगेको छ, त्यसले गर्दा बजार झर्न केही सहज मिलेको स्थानीयको भनाई छ । गाउँमा विजुली पु¥याउन गाउँबासीनै सक्रिय भएर लागेका छन् । गाउँमा रहको प्राथमिक विद्यालयलाई पनि व्यवस्थित रुपमा संचालन गर्नका लागि गाउँबासी जुटेका छन् । गाउँमा बीचमा निर्माण गरिएको सामुदायिक भवनले हरेक क्षेत्रका कार्यहरुमा सहज हुने चेपाङले बताइन् ।
बैठक बसिरहँदा पानी प¥यो वा हावाहुरी आयो भने बैठक निर्णयमा पुग्नुअघि नै सक्नुपर्ने र अर्कोदिनलाई थाति राख्नुपर्ने समस्याको हल भएपछि चेपाङ महिलाहरुको खुसीको सिमा छैन । ‘गाउँमा केही भेला, बैठक बस्नुप¥यो भने गाउँमा कसैको बिहे, ब्रतबन्ध गर्नुप¥यो एकैठाउँमा भेला हुने ठाउँपनि थिएन’, उनले भनिन्, ‘अब घामपानी, हावाहुरी आउँदा पनि सुरक्षित तवरबाट गाउँभेलाहरु गर्न सकिने भूकम्प प्रतिरोधी भवन गाउँमा निर्माण गरिएको छ, अब सहज हुनेछ ।’
एक्सन नेपाल र डीसिएको साझेदारीमा बेनिघाट रोराङ गाउँपालिकामा संचालित साहस परियोजना अन्र्तगत भवन निर्माण गरिएको हो । कुल ११ लाख ३६ हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको परियोजना संयोजक उमेश श्रेष्ठले जानकारी दिए । एक तले भवनभित्र एक सय जनाभन्दा बढी क्षमताको बैठक कक्ष रहेको छ ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ९ फजिमटारमा पनि १३ लाख ८० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको छ । त्यहाँ स्थानीय रुपमा गठन गरिएको आमा समूहको बैठक तथा सामुदायिक कार्यहरु गर्ने गरेका छन् । भवन निर्माणका लागि स्थानीयहरुले पनि श्रमदान गरेका थिए । अहिले यस क्षेत्रमा तरकारीको पकेट क्षेत्रको रुपमा विकास भएको छ ।
२०७५ चैत ११ गते प्रकाशित