Thu. Mar 28th, 2024

धादिङबेसीमा अपांगता भएकाहरुलाई कम्प्यूटर तालिम सुरु


११ बैशाख धादिङ –

धादिङबेसीमा आपांगता भएका व्यक्तिहरुका लागि कम्प्यूटर तालिम सुरु भएको छ । तालिममा धादिङ, नुवाकोट र रसुवाका गरि २० जनाको सहभागीता रहेको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ द्धारा अपांगता भएका व्यक्तिका लागि स्वरोजगार तथा सीपमुलक तालिम कार्यक्रम अन्र्तगत ३ महिने तालिम संचालन गरिएको हो ।

तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालय महाशाखाका प्रमुख इन्दिरा ओझाले उद्घाटन गरिन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र प्रदेश नं ३ गजुरी, धादिङको आयोजना तथा राष्ट्रिय अपांग महासंघ प्रदेश नं ३ नेपालको समन्वयमा तालिम सुरु गरिएको हो ।

तालिमले अपांगता भएका व्यक्तिहरुको हौसला बढाउन, क्षमता तथा आत्मनिर्भर गर्न मद्धत पुग्ने व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेले बताए ।

२०७६ बैशाख ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: