Fri. Mar 29th, 2024

धादिङको बुङचुङमा करेन्ट लागेर एकजनाको मृत्यु

६ फागुन, धादिङ –

धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ५ बुङचुङमा विजुलीबाट पानी तताउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो नुहाउनका लागि आफ्नै घरको बाथरुममा जडान गरिएको इलेक्ट्रिक बोर्डमा तार जोडि पानी तताउने क्रममा करेन्ट लागेर घाईते भएकी २७ वर्षिय विष्णु श्रेष्ठको मृत्यु भएको हो ।

सख्त घाईते भएका उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

२०७५ फागुन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: