Fri. Mar 29th, 2024

नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित

१ मंसिर, काठमाडौँ

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो ।

अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए । इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन।

२०७४ मंसिर १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: