Fri. Mar 29th, 2024

सार्वजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना

goverment-logo
जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिहरु, विषयगत कार्यालयहरु एवम् गैर सरकारी निकायहरुको सेवा प्रवाह एवम् संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु बीच दोहोरो अन्तर सम्बाद गरी गुनासो एवम् सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्तम आयोजना गरिएकोले कार्यक्रममा सहभागी हुन सेवाग्राही, उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका प्रतिनिधि, राजनैतिक दल प्रमुख एवम् प्रतिनिधिहरु, विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाहरु, शिक्षक, बुद्धिजिवि, संचारकर्मी लगायत आम सरोकारवालाहरुलाई अनुरोध गरिन्छ ।

कार्यक्रम हुने स्थान, मिति र समय
मिति : २०७३ फागुन १९ गते
स्थान : किन्तानफेदी बजार, दार्खा
समय :  बिहान ११ बजेदेखि

स्थानीय विकास अधिकारी
जिल्ला विकास समितिको कार्यालय धादिङ

२०७३ फागुन १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: