Fri. Mar 29th, 2024

स्थानीयस्तरको योजना तर्जुमामा नागरिक समाजको भूमिका महत्वपूर्ण


८ चैत, धादिङ –

स्थानीय स्तरको योजना तर्जुमामा नागरिक समाजको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत धादिङबेसीमा आयोजना गरिएको स्थानीय स्तरको योजना तर्जुमामा नागरिक समाजको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सहभागीहरुले नागरिक समाजलाई स्थानीय तहहरुले संचालन गर्ने हरेक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।

गैह्र सरकारी संस्था महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष दामोदर अर्यालले स्थानीय स्तरको बजेट तर्जुमाका आधारहरु, योजना तर्जुमाका चरणहरु तथा नेपालको संविधानमा भएका व्यवस्थाहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । युएसएड, डेक नेपाल, एफएचआई ३६० को संयुक्त आयोजनामा कार्यक्रममा संचालन गरिएको डेक नेपाल धादिङका कार्यक्रम संयोजक शेरबहादुर भण्डारीले बताए ।

बजेट तथा योजना तर्जुमामा चरणहरुमा वित्तिय हस्तान्तरणको खाका र मार्गदर्शन प्राप्ती, श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण, बस्ती, टोल स्तरबाट योजना छनौट, वडा स्तरीय योजना प्राथमिकिकरण, एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा, कार्यपालिकाबाट स्वीकृती, सभाबाट स्वीकृतिहरु रहेका छन् । स्थानीय तहमा योजना तर्जुमा गर्दा नागरिक समाजको सहभागीता र संलग्न सुनिश्चित गर्न धादिङका स्थानीय तहहरुलाई समेत आग्रह गरिएको छ ।

२०७५ चैत ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: