Thu. Mar 28th, 2024

गाउँलेको कुटपिटबाट धादिङमा दुईजनाको मृत्यु

५ साउन, धादिङ–

गंगाजमुना गाउँपालिका–२, लतावमा स्थानीयको कुटाईबाट दुईजनाको मृत्यु भएको छ ।

गाउँघरमा झाँक्री काम गर्दै आएका साइला भन्ने प्लेक तामाङ र नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर बि.क.ले बताए ।

तामाङ संस्कार अनुसार ४९ औं दिनको घेवा (काजकिरिया)मा जम्मा भएका गाउँलेले उनीहरुमाथि कुटपिट गरेको र शनिबार उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले जनप्रतिनिधिलाई घटनास्थलमा जान समेत रोकेका छन् । गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले भने, घटनाका बारेमा बुझन गएका गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षलाई गाउँलेले घटनास्थल पुग्न दिएनन्, कुटपिट गरेर दाहसंकार समेत गरिरहेको खबर पाएको छु ।’

एसपी बि.क.का अनुसार शुक्रबार कुटपिट भएपछि शनिबार बिहान वडा कार्यालयमा बोलाएको छलफलमा समेत गाउँले उपस्थित भएका थिएनन् । कुटपिटबाट घाइते भएका दुबै जनाको शनिबार साँझ ४ बजे मृत्यु भएको खबर पाइएको थियो, ६ बजे सदगद गरिसक्यो भन्ने खबर आयो,’एसपी बि.क.ले भने, ‘प्रहरी टोली घटनास्थल पुग्दैछ, दुर्गम भएकोले तत्काल प्रहरी पु¥याउन सकेनौं ।’

घटनास्थm पुग्न दार्खा प्रहरी चौकीबाट ४ घण्टा र फुलखर्क प्रहरी चौकीबाट ७ घण्टा पैदल हिड्नु पर्छ । धादिङबेसीबाट घटनास्थल पुग्न दुई दिन पैदल हिड्नुपर्छ । फूलखर्क प्रहरी चौकीका असई राजेशकुमार मिश्रले भने घटनास्थल टाढा भएकोले जनशक्ति थोरै भएकोले तत्काल घटनास्थल पुग्न नसकिएको बताएका छन् ।

२०७५ साउन ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: