Today: April 24, 2018

नेपालमा पहिलो पटक हाइब्रिड धानको बीउ उत्पादन

२४ चैत, काठमाडौँ

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले नेपालमा पहिलोपटक नेपाली हाइब्रिड धानको बीउ उत्पादन गर्ने भएको छ ।

राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तरर्गत हर्दिनाथ १ र हर्दिनाथ १० नामक हाइब्रिड धानको बीउ उत्पादन गर्न लागेको हो । नार्कले तराइका विभिन्न ठाउँमा ४ वर्ष गरेको परीक्षणमा सामान्य धानभन्दा २० प्रतिशत बढी फलेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरीकृष्ण उपे्ररतीले जानकारी दिए ।

यो जातको धान समुद्र सतहबाट ७ सय मिटर भन्दा तल खेती गर्न सकिनेछ । नेपाली हाइब्रिड धानको बीउ उत्पादन भएपछि किसानले अहिले लगाइरहेको भारतीय र चिनियाँ हाइब्रिड बीउ विस्थापन गर्न सक्ने उप्रेतीले जानकारी दिएका छन् ।

२०७४ चैत २४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट