Today: November 18, 2018

धादिङमा कारमा ढुङगा हान्ने दुईजना पक्राउ

२९ साउन,धादिङ

धादिङको सिद्धलेकमा गुडिरहेको कारमा ढुङगा हान्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने रोशन श्रेष्ठ र चितवन घर भएका ईश्वर पाण्डे रहेका छन् । काठमाडौँबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ६ च ४९९५ नम्बरको नीजि कारमा मंगलबार दिउँसो ढुङगा प्रहार गरेको प्रहरीले जानकारी दिए ।

ढुङगा प्रहारबाट कारको सीसा फुटेको छ भने एक जना घाईते भएका छन् । नेत्र विक्रम चन्द (विप्लव) समूहले आह्वान गरेको बन्दका प्रभाव धादिङमा सामान्य परेको छ । छिटफुट रुपमा बजार र सवारी साधन बन्द रहेपनि शैक्षिक संस्था भने सूचारु भएको छ ।

२०७५ साउन २९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट