Today: October 24, 2017

धुनीबेसी गोल्डकप : धुनीबेसी स्कुल, धुनीबेसी लिखु र एनएवाईएस विजयी

२३ असोज, धादिङ –

धादिङको धुनीबेसी नगरपालिकामा जारी धुनीबेसी गोल्डकप अन्र्तगत सोमबार तीनवटा खेल सम्पन्न भएको छ ।

धुनिबेशी युवा क्लब र बृशेस्वर युवा क्लबको संयुक्त आयोजना तथा धादिङ जिल्ला फुटबल संघ र खेलकुद विकास समितिको सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा २८ समूहको सहभागीता रहेको छ ।

बिहान भएको पहिलो खेलमा धुनीबेसी स्कुल टिमले पाठक बन्धु समाजलाई ३–२ ले पराजित गरेको छ ।  त्यस्तै अर्को खेलमा धुनीबेसी ७ लिखुले रामचे युवा क्लबलाई ७–० गोलअन्र्तरले पराजित गरेको छ भने तेस्रो खेलमा एनएवाईएसले डीडीएससीलाई २–१ ले पराजित गरेको प्रतियोगीताका संयोजक दिनेश रुपाखेतीले जानकारी दिए । प्रतियोगीता ३१ गतेसम्म चल्नेछ ।

प्रतियोगीतामा विजेताले नगद एक लाख शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले हुनेलाई नगद पचास हजार शिल्ड मेड्ल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् ।

२०७४ असोज २३ गते प्रकाशित

 

२०७४ असोज २३ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट