Thu. Mar 28th, 2024

धुर्मुस–सुन्तली हेर्न उर्लिए धादिङे

dhurmus-suntali-dhading-mahotsab-copy
१५ पुस,  धादिङ  –
सदरमुकाम धादिङवेशीमा पुस ७ गतेदखि सुरु भएको पाँचौँ धादिङ महोत्सवमा हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को प्रस्तुती हेर्न शुक्रबार दर्शकहरुको घुइचो लागेको छ । धुर्मुस सुन्तलीलाई हेर्न एकै दिन १८ हजार २ सयले टिकट काटेको आयोजक समितिले जानकारी दिएको छ ।

महोत्सवमा धुमुर्स सुन्तलीले देशको वर्तमान समस्याप्रति तिखो ब्यङग्य गर्दै गरिव निमुखा र सर्वसाधारणको लागि भन्दा पनि भ्रष्टाचारी, घुसखोरीहरु र गुण्डाहरुको लागि मात्रै सरकार भएको भन्दै कटाक्ष गरे । भुकम्पपछि राजनैतिक दलहरु पुननिर्माणमा भन्दा पनिसत्ता बचाउने पाउने खेलमा मात्रै लागेको भन्दै धुर्मुस सुन्तलीले राजनैतिक दलहरुको पनि कार्यशैलीमाथि ब्यङग्य गरे ।

भुकम्पपछिको पुन निर्माणको लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले काममा ढिलासुस्ती गरेको र केही देखिन योग्य प्रगती नभएको भन्दै प्राधिकरणको नाम अव ‘राष्ट्रिय पुननिर्माण बन्ध्याकरण’ राख्न सुझाव दिएका छन् ।

प्रस्तुती मार्फत उनीहरुले सवै धादिङे जनतालाई पुर्ननिर्माणको महाअभियानमा लाग्न आग्रह गरेका छन् । उनीहरुले अहिले पिडित जनताहरुको भावनामाथि इन्जिनियरहरुले पनि राजनिति गरेर खेलवाड गरिरहेको बताए । नेपाल सरकारले सरसफाइ अभियानको लागि सद्भावना दुत नियुक्त गरेका उनीहरुले प्रस्तुती मार्फत उद्योग बाणिज्य संघ धादिङ र नगरपालिकाकालाई सफा धादिङ बनाउनको लागि नया योजना अघि सार्न आग्रह गरे ।

दर्शकहरुको अत्याधिक भीड भएपछि आयोजक र सुरक्षाकर्मीलाइ भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । विनाशकारी भुकम्प पछि एकिकृत बस्ती निर्माणमा खटिएका उनीहरुले भुकम्प पछि पहिलोपटक स्टेजमा प्रस्तुती दिएको बताए । सरकारले पुननिर्माणका कामम ढिलासुस्ती गरिरहेको बेला पछिल्लो समय उनीहरुले २ वटा एकिकृत बस्ती निर्माण गरेपछि झनै चर्चित भएका छन् ।
२०७३ पुस १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: