Fri. Mar 29th, 2024

धादिङमा धुर्मुस सुन्तली फाउण्डेसनको फिल्म ‘ज्योति’ प्रदर्शन गरिने

dhurmus-suntali-jyoti
१७ मंसिर,  धादिङ –

धादिङमा बालमैत्री स्थानीय शासन सम्बन्धी जनचेतनामूलक बालमैत्री फिल्म ज्योति प्रदर्शन गरिने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको फिल्म धादिङबेसी र गजुरीमा प्रदर्शन गरिने जानकारी गराइएको छ ।

आगामी मंसिर २४ गते धादिङबेसी र २५ गते गजुरीमा प्रदर्शन गरिने धुर्मुस सुन्तली फाउण्डेसनले जानकारी दिएको छ ।

फिल्म प्रदर्शन हुने दिन राष्ट्रिय कलाकारहरु सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

२०७३ मंसिर १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: