Today: July 16, 2018

धादिङका वरिष्ठ साहित्यकार स्व. डिल्लीरमण शर्मा अर्यालको ८७ औ स्मृति दिवस मनाइयो


७ चैत,  धादिङ –

बरिष्ठ साहित्यकार स्व डिल्लीरमण शर्मा अर्यालको ८७ औ स्मृति दिवस समारोह मनाइएको छ ।

धादिङ साहित्य समाजको आयोजना र डिल्लीरमण शर्मा अर्याल परीवारको सहआयोजनामा स्मृति दिवस मनाएको हो । कार्यक्रममा साहित्य सर्जकहरुले डिल्लीरमण शर्मा अर्यालको सम्झनामा रचना वाचन गरिएको थियो ।

डिल्लीरमण शर्मा अर्याल प्रति श्रद्धा सुमन व्यक्त गर्दै विभिन्न साहित्य पे्रमीहरुले स्मृति दिवस परीवारमा मात्र सिमीत नभई अब जिल्लाभर नै मनाउनुपर्ने र वार्षिक कार्यतालिकामा पनि समावेश हुनुपर्ने बताए ।

नयाँ पुस्ताको ध्यान साहित्यमा तान्नका लागि लेखकहरूले चर्को प्रचारबाजी पनि गरेका छन् । तर, लेखनशैली स्तरीय छैन भने जति प्रचार गरे पनि लेखकलाई लामो समय साहित्यमा टिक्न कठिन हुने कार्यक्रममा उपस्थित साहित्यक व्यक्तित्वहरुले बताएका थिए ।

पछिल्लो समय साहित्यतर्फ युवाको आकर्षण बढेको देखिन्छ । युवाको पठनशैली फेरिँदै गएकाले लेखक पनि युवाको मनोकांक्षा र रूचिलाई खोतल्न थालेका छन् । साहित्यको पछिल्लो परिवेशलाई नियाल्दा युवा पुस्ताले मन पराउने लेखक पनि प्रायः युवा नै भेटिन्छन् सहभागीहरुको भनाई थियो ।

धादिङ साहित्यिक समाजका अध्यक्ष मुरारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार राजेन्द्र सवेदीको प्रमुख अतिथ्यतामा रहेको थियो ।

२०७४ चैत ७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट