Fri. Mar 29th, 2024

प्रदेश सरकारले ट्रयाक समाइसक्यो, अब विकास निर्माणका कामहरु छरपष्ट देखिनेछ : मुख्यमन्त्री पौडेल


४ पुस, धादिङ –

प्रदेश सरकारको सुरुवाती बर्षमा केही अप्ठ्याराहरु रहेकाले जनताले प्रदेश सरकारको अनुभुती गर्न नसकेको भएपनि अहिले प्रदेश सरकार आफ्नो ट्रयाकमा हिड्न थालेको ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।

धादिङको सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अवको केही समयमा नै विकास र समृद्धिको क्षेत्रमा प्रदेश सरकारले गरेका र गर्न लागेका सवै कामहरु देखिने दावी गरे ।

सस्थागत संरचना पनि नभएको र सरकार बनेको भोलीपल्ट के काम गर्ने भन्ने समेत अन्योल रहेको बेला सरकार बनेकाले सुरुवाती वर्ष कानुन निर्माण र संरचना निर्माणमै अल्मलिनुपरेकाले अव वाँकी ४ वर्षमा विकास र समृद्धिको लागि खुलेर लागिपर्ने मन्त्री पौडेलले बताए । समृद्ध नेपाल र सुखी नेपालीको निमित्ति सवै नेपाली सुखी हुनुपर्छ, त्यसैले हरेक गाउँपालिका र नगरपालिकाले गर्ने काम अर्थतन्त्र र उत्पादनसंग जोडिएको हुनुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

अवको आवश्यकता आर्थिक क्रान्ति भएकाले हरेक स्थानीय तहले विकास र समृद्धि ल्याउनको लागि कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए । हरेक गाउँ गाउँका युवाहरु उत्पादनमुलक क्षेत्रमा जोडिएर समृद्ध भएमात्रै आर्थिक क्रान्ति पनि सफल हुने मन्त्री पौडेलको भनाइ थियो ।

२०७५ पुस ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: