Thu. Mar 28th, 2024

भूकम्प पीडितले आजबाट दोस्रो किस्ताको डेढ लाख पाउने

ghr-nirman-8

  ५ माघ,  धादिङ –

०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले ध्वस्त भएको संरचना निर्माणको लागि सरकारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण गरिसकेको छ ।

आजबाट सरकारले घर निर्माणका लागि दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ वितरण सुरु गर्दैछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो चरणमा दोस्रो किस्ताको लागि मकवानपुर र सिन्धुलीका करिब ३ सय पीडितहरुलाई दोस्रो किस्ता वितरण गर्दैछ । पहिलो चरणमा दुई जिल्लामा मात्र दोस्रो किस्ता वितरण हुनेछ ।

दोस्रो किस्ता पाउन के गर्नुपर्छ ?

पीडितले घरको जग निर्माण गरेको हुनुपर्छ । जग निर्माण गरेर गाउँमा खटिएका प्राविधिकहरुलाई जाँच गराएर उनीहरुले पास पास गरिसकेपछि मात्र दोस्रो किस्ता वापतको ५० हजार रुपैयाँ पाइनेछ ।

कति परिवारले पाउँनेछन् अनुदान ?

विनाशकारी भूकम्पको कारण १४ जिल्लामा सबै भन्दा धेरै क्षति ग¥यो । प्राधिकरण १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् ।

गोरखाको बारपाक केन्द्र बिन्दु भएपनि मानविय र भौतिक सबै भन्दा बढी सिन्धुपाल्चोकमा क्षति भएको छ । भूकम्पमा ज्यान गुमाएका मध्ये आधा सिन्धुपाल्चोकका रहेका छन् ।

त्यसोत सबै भन्दा बढी क्षति पनि सिन्धुपाल्चोकले ब्यहोरेको छ । तर दोस्रो किस्ता वापतको डेढ लाख अनुदानको लागि सिन्धुपाल्चोक र गोरखा पहिलो चरणमा नराखेर दोस्रो चरणमा राखिएको छ ।

२०७३ माघ ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: