Thu. Mar 28th, 2024

धादिङमा विद्यालय भर्ना अभियान बैशाख २ गते बाट

२९ चैत, धादिङ

धादिङमा आगामी २०७५ साल बैशाख २ गतेबाट विद्यालय भर्ना अभियान संचालन जिल्ला शिक्षा विकास तथा समन्वय समिति इकाईले जानकारी दिएको छ । बैशाखको २ गतेदेखि संचालन हुने भर्ना अभियान बैशाख १४ गते सम्म चल्नेछ ।

जिल्लाको २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटै स्थानिय तहमा रहेका विद्यालयहरुमा अभियान संचालन गरिने शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लामा रहेका २० वटा स्रोतकेन्द्रमा विभिन्न शैक्षिक कार्यक्रमहरु गरेर बालबालिकाहरुलाई विद्यालय प्रवेश गराउने कार्यलयले जनाएको छ ।

२०७४ चैत २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: