Fri. Mar 29th, 2024

एथलेटिको मड्रिड र आर्सनल यूरोपा लिगको सेमिफाइनलमा

३० चैत, काठमाडौं –

इंग्लिस क्लब आर्सनलसँगै एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनल रसियन क्लब मस्कोसँग दुई दुई गोलको बराबरीमा रोकिए पनि समग्रतमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा स्थान बनायो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल चार एकले विजयी भएको थियो । मस्कोको मैदानमा भएको खेलमा घरेलु टिमले दुई शुन्यको अग्रतालाई जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा फेदोर चालोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५० औं मिनेटमा क्रिल नाबाकिनले गोल गर्दै घरेलु टिमलाई दुई शुन्यको अवस्थामा पुर्याए ।

दुई गोलले पछि परिसकेको आर्सनलले २० मिनेटभित्र दुई गोल गर्दै खेल बराबरीमा पुर्यायो । ७५ औं मिनेटमा डेनीयल वेलबेकले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै आर्सनललाई बराबरीमा पुर्याए । जसका कारण आर्सनलले समग्रमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा पुग्यो ।

२०७४ चैत ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: