Fri. Mar 29th, 2024

धादिङमा प्रथम धादिङ लोक दोहोरी महिला तथा पुरुष प्रतिभा २०७५ हुने

१५ भदौ, धादिङ –

धादिङ जिल्लामा पहिलो पटक महिला तथा पुरुष लोकदोहोरी प्रतियोगीताको अडिसन सुरु भएको छ ।   जेजल इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा प्रतियोगीताको आयोजना गरिएको हो । पहिलो अडिसन जिल्लाको गजुरी गाउँपालिकामा बुधबार आयोजना गरिएको छ ।अडिसनबाट छानिएका प्रतियोगीहरुलाई विभिन्न राउण्ड गर्दै फाइनलमा लैजाने जानकारी दिएको छ ।

प्रथम धादिङ लोक दोहोरी महिला तथा पुरुष प्रतिभा २०७५ ले धादिङको गजुरीमा भदौ ६ गते पहिलो अडिसन भएको छ भने भदौ १८ गतेवाट धादिङवेसीमा दोस्रो अडिसन हुने भएको छ ।

पहिलो र दोस्रो अडिसनवाट सेमिफाईनलमा प्रवेश गरेका प्रतियोगीहरु बिच भदौ २७ गते धादिङबेसीमा प्रतिष्पर्धा हुनेछ । सेमिफाईनलवाट ७ जना पुरुष र ७ जना महिला प्रतियोगीहरु छनोट भई असोज २७ गते फाईनल कार्यक्रम हुनेछ ।

जसवाट एक जना पुरुष र एक जना महिला प्रथम धादिङ लोक दोहोरी महिला तथा पुरुष प्रतिभा २०७५ विजेता हुनेछन् । विजयी हुनेलाई नगद रु २५ हजार , एउटा दोहोरी गीतको एल्बम् , म्युजिक भिडीयो निकाल्ने अवसर साथै ५ दिनको दुबई भ्रमण जाने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा कुनै पनि एल्वममा सहभागि नभएकालाई प्राथमिकता दिईनेछ । प्रतियोगितामा सुर ,ताल , प्रस्तुती सवाल जवाफ भेषभुषा आदिमा मुल्याङ्कन गरिने पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।

२०७५ भदौ १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: