Today: November 18, 2018

सयपत्री फूलले ढकमक्क धादिङ (फोटोफिचर)


सरिता श्रेष्ठ –

तिहाको रौनकता छाइरहदाँ गाउँहरुका आगँनमा फूलेका सयपत्री र मखमली फूलले झनै गाउँको सुन्दरतालाई सुन्दर बनाएको छ । बारी तथा खेतका कान्ला, घरआगँनमा फूलेका सयपत्री फूले तिहारको झल्को दिइरहेको छ ।  जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेका छन् ।

विशेष गरी धादिङको बेनिघाट रोराङ गाउँपालिका, थाक्रे गाउँपालिका तथा धुनीबेसी नगरपालिकाका विभिन्न क्षेत्रमा व्यवसायीक हरुपमा नै फूलखेती गर्दै आइरहेका छन् ।  बारीभरी ढकमक्क फूल टिप्न र माला गाँसेर बजार पु¥याउन समेत भ्याइनभ्याइ हुन थालेको छ । मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी समेत गरेका छन् ।

 

२०७५ कात्तिक १९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट