Today: October 22, 2018

धादिङमा मनाइयो फोनिजको स्थापना दिवस


२७ साउन, धादिङ –

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको स्थापना दिवस धादिङमा पनि मनाइएको छ । समावशेी लोकतन्त्रको आधार पूर्ण समाबेशी संचार भन्ने नाराका साथ १९ औँ स्थापना दिवस मनाएको हो ।

फोनिज जिल्ला शाखा धादिङका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, फोनिजका संघिय सदस्य सरिता श्रेष्ठ, प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारी लगायत विभिन्न संचारमाध्यमका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

फोनिजको स्थापना दिवस देशैभरीका शाखाहरुले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाएको छ । केन्द्रिय समितिले उजिर मगर, भैरब आङगा, छेटु शेर्पा र विमला चौधरीलाई आदिवासी जनजाती पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।

२०७५ साउन २७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट