Thu. Mar 28th, 2024

रियल मड्रिड बार्सिलोना भन्दा पाँच अंकले अघि

ffffffffffffffffffffff

६ चैत \

स्पेनिस ला लिगा लिडर रियल मड्रिडले पाँच अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएर दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँच पु¥याएको हो । एथ्लेटिको बिल्बाओको मैदानमा भएको खेलमा रियल मड्रिडको जितमा करिम बेन्जिमा र कासेमिरोलो गोल गरे । बिल्बाओका लागि आरिट्ज अडुरिजले गोल गरे ।
पछिल्लो पटक सन् २०११–१२ को सिजनमा लिगको उपाधि जितेको रियल मड्रिडको यस पटकको उपाधि यात्रा अघि बढाउने क्रममा बेन्जिमाले २५ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको बिल्बाओका लागि ६५ औं मिनेटमा अडुरिजले बराबरी गोल फर्काए ।

त्यसको तीन मिनेटपछि कासेमिरोले रियल मड्रिडका लागि विजयी गोल गरे । यो खेलमा गोल नगरे पनि क्रिष्टियानो रोनाल्डोले दुवै गोलका लागि सहयोग गरे । बेन्जिमाले रोनाल्डोको पासमा गोल गरेका हुन ।
यस्तै टोनी क्रसको कर्नर किकको बल रोनाल्डोले प्रहार गरेर कासेमिरोलाई दिएपछि उनले गोलमा परिणत गरेका हुन  जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६५ अंक भएको छ । दोस्रो खेलबाट २७ खेलबाट ६० अंक छ ।

राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई २–० तथा एलाभेसले रियल सोसिडाडलाई १–० हरायो । यस्तै एइबर र स्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन ।

About The Author

Loading...

अन्य समाचारहरु: