Fri. Mar 29th, 2024

स्पेनिस ला लिगामा सेभिल्ला दोस्रो स्थानमा उक्लियो

la liga

८, फागुन  – स्पेनिस ला लिगामा शीर्ष स्थानको होडमा रहेको सेभिल्लाले बार्सिलोनालाई पछि पारेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एइबरलाई २–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।
सेभिल्लाको जितमा पाब्लो साराबिए र भिटोलोले गोल गरे । ३० औं मिनेटमा साराबिएले गोल गर्दै सेभिल्लालाई सुरुवाति अग्रता दिलाए । इन्जुरी समयमा भिटोलोले गोल गरेपछि सेभिल्ला २–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको २३ खेलबाट ४९ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ५२ अंक छ । सेभिल्लाले भन्दा एक खेल कम तथा रियलले भन्दा एक खेल बढी खेलको तेस्रो स्थानको बार्सिलोनाको ४८ अंक छ ।
२०७३ फागुन ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: