Thu. Mar 28th, 2024

वेनिघाटमा आमाहरुको फूटबल प्रतियोगीता

१० मंसिर, धादिङ–

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयको फूटबल ग्राउण्डमा आमाहरुको फूटबल प्रतियोगीता सम्पन्न भएको छ ।

वेनिघाट रोराङ गाउँपालिकाको आयोजना, बेलायती सहायता न्युयोर्कको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत फूटबल प्रतियोगीताको आयोजना गरेको हो । प्रतियोगीतामा बेनिघाटका आमाहरुले गजुरीका आमाहरुलाई ३–२ ले जित हाँसिल गरेको थियो ।

लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत जिल्लामा विभिन्न सडक नाटक, खेलकुद, लोकदोहरी प्रतियोगीता लगायतका कार्यक्रमहरु संचालन हुने मूल आयोजक समितिले जानकारी दिएको छ ।

सधै चुलाचौका र घरधन्दामा व्यस्त हुने महिलाहरु बल बोकेर फूटबल खेल्न मैदान प्रवेश गर्दा दर्शकका रुपमा खेल हेरिरहेका बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, उपाध्यक्ष, स्थानीय महिलाहरु, विद्यार्थीहरु उत्साहित भएर खेल हेरिरहेका थिए ।
प्रतियोगीतामा किप्पर र रेफ्री पनि महिला नै थिए ।

वेनिघाट रोराङ र गजुरी गाउँपालिका भरीका महिलाहरुको १५/१५ जनाको दुई समूह सहभागी थिए । टाढाटाढा बसेका दर्शकहरु पनि आमाहरुको खेल हेर्न नजिकै आएर हौसला प्रदान गरिएको थियो । पालैपालो पास दिएर आमाहरुले खेललाई झनै रोमान्चित तुल्याएका थिए ।

२०७५ मंसिर १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: