Fri. Mar 29th, 2024

बेनिघाट रोराङ गाउँपालिकामा फलफुलका बिरुवा वितरण

२८ असार,धादिङ

वेनिघाट रोराङ गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरुलाई फलफुलको विरुवा वितरण गरेको छ । गाउपालिकालाई पकेट क्षेत्रको रुपमा विकास गर्न विभिन्न जातका फलफुल वितरण गरेको हो ।

वगैचा व्यवसायीकरण गर्ने उदेश्यका साथ वेनिघाट गाउँपालिकाका किसानहरुले फलफुल उत्पादन गरी आयआर्जनमा अव्वल वन्नको लागि विरुवा वितरण गरेको हो ।

२०७४÷७५ को गाउसभावाट विनियोजित रकमवाट गाउपालिकालाई कृषि क्षेत्रको पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि फलफुलको विरुवा वितरण गरिएको छ ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा आँप, लिची, कागती र सुन्तला लगाएतको १२ हजार १ सय विरुवा वितरण भएको वेनिघाट रोराङ गाउँपालिका कृषि साखा प्रमुख निलकण्ठ पौडेलले वताए । वेनिघाट गाउँपालिका भित्र एक घर ३ फलफुल विरुवा कार्यक्रम पनि लागु गरेको छ ।

२०७५ असार २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: