Today: October 24, 2017

उन्नत गाईको स्रोतकेन्द्र बन्दै चितवन

१९ असोज, रत्ननगर (चितवन) – 

चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले यहाँका गाईको माग बढेको बताए ।

जिल्लाबाट वार्षिक चार पाँच सय गाईका बाच्छी बाहिरी जिल्लामा निर्यात हुने गरेको छ भन्दै उहाँले कसैकसैले जानकारी नै नदिई पनि गाई लाने गरेका छन् तर हामीकहाँ चिकित्सकबाट प्रमाणित गराएर मात्र लाने गरिएको जानकारी दिए ।

चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो ।

गीतानगरबाट ४६ जिल्लामा गाई र गाईका बाच्छी अन्नपूर्णले मात्रै पठाएको छ । जिल्लाबाट २५ हजारको हाराहारीमा गाईका बाच्छी पठाउने गरिएको छ । त्यो गाईले दैनिक २० लिटरसम्म दूध दिने तिमिल्सिनाको दाबी छ ।

चितवनमा अन्नपूर्ण सहकारी, लालीगुराँसलगायत फार्मले गाईका बाच्छी उत्पादन गर्छन् । जिल्लामा ४०० भन्दा बढी गाई फार्ममा नै पाल्ने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । रासस

 

२०७४ असोज १९ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट