Thu. Mar 28th, 2024

गजुरी गाँउपालिकाको गाउँसभा, ९ वटा विधेयक पारित

????????????????????????????????????

१० जेठ, धादिङ –

गजुरी गाउँपालिकाले आफ्नो तेस्रो गाउँसभाबाट विभिन्न ९ वटा विधेयकहरु पारित गरेको छ । जनप्रतिनिधिको रुपमा सपथ खाएको १ वर्ष पुगेकै दिन पारेर तेस्रो गाउँ सभाको आयोजना गरि विभिन्न ९ वटा विधेयकहरु पारित गरिएको हो ।

सवै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए । उनले भने, ‘गाउँपालिकालाइ सवल रुपमा संचालन गर्नको लागि अझै पनि थुपै ऐन कानुनहरु बनाउन जरुरी रहेको छ, त्यसमध्ये अति महत्वपुर्ण ९ वटा विधेयक तेस्रो गाउँ सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।’ विधेयक पारित भएपछि अव काम गर्न झनै सजिलो हुने गाउँपालिका उपाध्यक्ष सीता ढुङगानाले बताइन् ।

पारित गरिएका विधेयकहरुमा गजुरी गाँउपालिका सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) सम्वन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७५, स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्य विधि २०७५, गाँउ कार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमिति गर्ने) विधेयक २०७५, उजुरीको कारवाही किनारा गर्दा अपनाउन पर्ने कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको विधेयक २०७५, एम.एम. रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७५, कृषि व्यवासाय प्रर्वद्धन गर्न बनेको विधेयक २०७५, सहकारी विधेयक २०७५ र विपद जोखिम न्युनिकरण गर्न तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ रहेका छन् ।

गाउँसभालाई व्यवस्थापिक संसदकै झल्को आउने गरि संचालन गरिएको थियो । सभामा विधेयक प्रस्तुत गर्दा गाउँपालिका अध्यक्षले हुन्छ र हुन्न भन्ने प्रक्रियाबाट विधेयक पारित गरिएको थियो । गाँउ सभा संसदीय तरीकाले सम्पन्न गर्ने एक मात्र गाँउपालिका हो । प्रशासकीय प्रमुख देविलाल साकोटाका अनुसार स्थानीय सरकार भनेर संविधानले किटान गरेकाले संसदीय अभ्यास गरेको बताए ।

एक वर्ष पुगेको अवसरमा वेनिघाट रोराङ गाउँपालिकोले पनि आफूले वर्षदिनभरी गरेको कामको प्रगति विवरण प्रस्तुत गरेको छ । आगामी दिनहरुमा गाउँपालिकाको विकासका लागि शसक्त भएर अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए ।

२०७५ जेठ ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: