Today: October 23, 2018

जनताको चाहाना र अपेक्षालाई पुरा गर्नेछौ :उपाध्यक्ष ढुङ्गाना (भिडीयो सहित)

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लागेको छ । आफ्नो गाउँठाउँको विकास र आर्थिक समृद्धिका लागि भनेर भोट हालेका जनताहरुले आफूले सोचेजस्तो विकास नभएको जनगुनासोहरु गरिरहेका छन् । जनताले भोट हालेर चुनिएका जनप्रतिनिधिहरु पनि स्पष्ट नीति र कानुन नहुदाँ अलमल्लमा परेको जस्तै देखिन्छ । एक वर्षको अवधिमा कस्ता कार्यक्रमहरुहरु संचालन भयो त अबका दिनहरुमा जनताले आफ्नो गाउँको विकास कसरी देख्न पाउँछन् त यसै विषयमा धादिङको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगाना सँग पाविल न्युज डट कमका सरिता श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप

स्थानीय तहको निर्वाचन भएको पनि १ बर्ष वितेको छ, यो बिचमा कार्य सम्पादन कसरी चल्दै छ ?

यस गाँउपालिकाले आर्थिक वर्ष २०७४÷२०७५ को नीति, कार्यक्रम अनुरुप जुन बजेट विनियोजन गरेको थियो सोही अनुरुपको योजनाहरु गर्ने चरणमा छ । जस अन्तर्गत ३३ करोडको बजेट विनियोजन गरेका छौँ सोहि अनुसारको कार्यक्रमको चरणमा छ । जसमा ६५ प्रतिशत बजेट कार्यन्वयन भईसकेको छ ।

तपाईहरु स्थानीय सरकारको प्रतिनिधि हुनुहुन्छ, जनताले तपाईहरु प्रति धेरै अपेक्षा राख्नुभएको छ , सबै पुरा हुन्छन् त ?

हामीले जनताको लागि नै काम गरेका छौ, गर्ने अठोट लिएर अगाडी बढेका छौ । यस गाउँपालिकाको गाँउसभा बस्दै छ त्यहाँबाट पास गर्ने गरी धेरै वटा कानुनहरु ड्राफ्ट भएर बसेको छ जस अन्र्तगत २१ वटा योजनाहरु निर्माण भईसकेका छन् ।

 गाउँपालिकालाई बालमैत्री बनाउने अभियानको तयारीमा हुनुहुन्छ ? कस्ता कस्ता कार्य भईरहेका छन् ?

बालमैत्री शासन अवलम्वनको एउटा प्रक्रियामा छ, त्यो प्रक्रियाको धेरै चरणहरु छन् । हामीले यसको नीति अनुसार नै कार्ययोजना बनाएका थियौ । त्यहि कार्ययोजना अनुरुप अगाडी बढिरहेको अवस्था छ । जस अन्तर्गत ८ वटै वडामा वाल सञ्जालहरु गठन भईसकेको छ । गाउँपालिका स्तरीय बालमैत्री स्थानिय शाशन अवलम्वन प्रक्रियाको अभिमुखीकरण भईसकेको छ । जनप्रतिनिधिहरुलाई हामीले शुसुचित र अभिमुखीकरण गरिसकेका छौ । यसमा हामी सहजकर्ताको रुपमा तोकिसकेका छौ । सहजकर्तामार्फत बालमैत्री शाशन अवलम्वनको लागि आवश्यक राष्ट्रिय सूचकहरु छन् जुन ३९ वटा त्यसलाई सरलीकृत गर्ने काम चै सहजकर्ता मार्फत गरिरहेका छौ ।

यस्ता अभियान जारी गरिराख्नु भएको छ, कतिपय बालबालिकाहरु अझै पनि विद्यालय बाहिर छन्, सबै बालबालिकाहरुलाई कसरी समेटिन्छ ?

बालमैत्री स्थानिय शाशन अवलम्वन गर्न ३९ वटा ईन्डिकेटरहरु मध्ये एउटा ईन्डिकेटरहरु हो जुन १०० प्रतिशत बालबालिकाहरु विद्यालय जानु नै हो । हामी यस २०७५ साल मंसिर महिना भित्र बालमैत्री स्थानिय शाशन अवलम्वनको घोषणा गरीसक्ने भनेर सामुहिक प्रतिवद्धतामा हस्ताक्षर गरिसकेका छौ । हामीले सबै वडाका जनप्रतिनिधिहरु संग सल्लाह समन्वय गरेका छौ उहाँहरुले पनि यो ईन्डिकेटरहरु पुरा भयो भने १०० प्रतिशत विद्यार्थीहरु विद्यालय आउन सक्ने बाताबरण निर्माण गर्नको लािग आवश्यक कदमहरु चालिराखेका छौ । जस अन्तर्गत विद्यालय भर्ना अभियान सम्पन्न भएको छ तर पनि केहि बालबालिकाहरु विद्यालय बाहिर छन् भन्दा हामी आफै जनप्रतिनिधिहरु गएर परामर्श गरेका छौ । कतिपय बालबालिकाहरुलाई ड्रेस पनि किन्न नसकेर विद्यालय जान नसकेका बालबालिकाहरु छन् गाउपालिकाले नै त्यसको जिम्वेवारी लिएर पनि विद्यार्थीहरुलाई विद्यालय भर्ना गरिराखेका छौ । त्यो पुरा नभएसम्म बालमैत्री स्थानिय शाशन घोषणा गर्ने छैनौ ।

 प्रशस्त प्राकृतिक स्रोत साधन भएको गाउँपालिका भित्र हुनुहुन्छ, उपयुक्त नीति निर्माण हुन सकेन भनेर समस्या उत्पन्न भएको छ नी ?

अब प्रकृतिक स्रोतलाई उपभोग गर्ने कुरा हुन्छ, भने त्यो उपभोग गर्दा बातावरण प्रदुषण हुने अर्को कुरा हुन्छ । जनगुनासोलाई कत्तिको सम्वोधन गर्न सक्यौ सकेनौ । त्यसको नतिजामा पनि हेरौला जहाँसम्म स्थानिय तहवाट उत्पादन गरेर विक्री वितरण गरेर वेच्न सक्ने प्राकृतिक स्रोत साधनहरु त्यहावाट उत्पादन हुने कुरा एकतर्फ रहन्छ भने अर्को तर्फ त्यो व्यवसाय विग्रेर अर्को व्यवसायमा असर पुग्न सक्ने हुन्छ , जस्तै त्रिशुली नदिमा ढुङ्गा गिट्टी बालुवा एउटा व्यवसाय गर्दा अर्को तर्फ प्रयटन व्यवसायमा अर्को असर परिराखेको छ । यस्ता व्यवसायहरुलाई व्यवस्थित गनुपर्छ भनेर लाग्दा खेरी अहिले निर्माण सामाग्रीहरु चल्न सकेका छैनन् विग्रीयो भन्ने जनगुनासो आज विग्रेको होईन आज भन्दा २२ वषर््ा अगाडी दखि बिग्रिदै आएको हो हामी यस विचमा त्रिशुली सफा बनाएर देखाउन सफल भयौँ । अहिले फेरी मौसमको कारण त्रिशुलि धमिलो हुने भेल बाडी आउने गरेको छ फेरी यसले जनप्रतिनिधिहरुले यसो गरे भन्ने जनगुनासोहरु आएका हुन् ।

तपाई न्यायिक समतिको संयोजक पनि हुनुहुन्छ ? न्यायिक फैसला पनि गर्नुभएको होला, गाउँपालिकाको कार्यलय हेर्दा ईजलास देखिन्न, फैसला कसरी हुन्छ ?

हाम्रो गाउँपालिकामा एकदमै जटिल अवस्था छ । गजुरी गाउँपालिकाको आफ्नो भवन छैन, भाडामा कार्यलय लिदा पनि हामीले प्राप्त गर्ने खालका कार्यलयहरु प्राप्त गर्न सकेका छैनौ । साना साना कोठामा संकुचित भएर काम गरिरहनुपर्ने अवस्थामा उपाध्यक्षको एउटा कोठा छ त्यसवाट काम गरिरहनुपरेको अवस्था छ । स्रोत साधन छैन तत्काल नै भवन निर्माण गर्न सक्ने अवसथा छैन केहि समयमा नै हामी आफ्नै भवनमा सर्दै छौ त्यतिवेला ईजलास बनाएर त्यहाँबाट संचालन गर्न सक्छौ । यहाँ ठाउँको कारणले भन्दा पनि व्यक्तिको ईच्छा शक्तिको कारणले गर्दा मलाई राम्रो न्यायीक कक्ष भयो भने मात्र न्याय दिन सक्छु भन्ने छैन । मैले भ्याउदा मैले सुने सम्म त्यहा कोहि अन्यायमा पर्नु भएको छ भन्ने थाहा पाउने वित्तीकै उनिहरुकै घरमा गएर न्याए दिलाएको छु भन्ने महसुस भएको छ । त्यो महसुस जनताले पनि गर्नुभएको छ भन्ने लागेको छ । म निर्वाचित भएर आईसकेपछि मेरै कार्यकक्षवाट ४६ वटा मुद्धाहरु न्ययिक समितीमा दर्ता भयो जस अन्तर्गत ३९ वटा फर्छौयोट भईसकेको छ । अहिले आउने क्रममा पनि यो ठाउमा ईजलास रहिनछ भनेर कोहि पनि फर्केर जानुभएको छैन न्यायिक समितीको सदश्य देखेर उहालाई हामीले हाम्रो गुनासो पोख्दा न्याय पाउछौ भनेर आसा राख्नुहुन्छ जनताहरु यसमा खुसी लाग्छ ।

कस्ता कस्ता घटनाहरु न्यायिक समितीमा आउने गर्दछन् ?

विशेष गरी न्यायिक समितिमा घटनाहरु भनेको व्यक्तिवादि देवानी प्रकृतिका मुद्धाहरु हामीले हेर्न पाउने हो । यसै प्रकृतिका हुन्छन् तर जस्ता खाले गुनासोहरु मुद्धाहरु पनि पहिला प्रहरीमा जाने मुद्धाहरु पनि म भएको ठाउँमा आउने गर्दछन् । यहा निवेदनको रुपमा आउनुपर्ने भन्दा पनि कोहि अन्यायमा पर्यो भने २४ घण्टा मेरो मोवाईल अन हुन्छ कुनै पनि फोन नउठाउने भन्ने हुदैन ।

पहिलेको तुलनामा घटनाहरु वढ्दो छ, यो के कारणले होला ?

घटनाहरु यो बर्ष धेरै भएर धेरै आएको भन्ने मलाई लाग्दैन यस्ता खालका घटनाहरु उजुरीहरु पहिले पनि हुने थ्यो घरेलु हिंशा पनि पहिलो कारण हो । र उजुरी गर्दा आफ्नो ईज्जत जाने भन्ने डरले पनि बढि घटनाहरु वढिराखेका छन् ।

गाउँपालिकाको विकासको लागि राजस्व संकलन गर्नुभएको छ, राजस्व अनुसार विकास भएको छ ?

अहिले स्थानिय तहवाट धेरै राजस्व उठाउने निती लेराएको छैनौ जनतालाई कसरी राज्यबाट उपलव्ध सेवाहरु प्रत्यक्ष रुपमा उनिहरुको घरमा पु¥याउने भन्ने सोच्यौ धेरै राजस्व उठाउने हाम्रो लक्ष्य रहेन जति राजस्व उठाएका छौ उनिहरुको हितको लागि नै काम गर्ने छौ ।

बर्षा तथा असीना पानीले यस गाउँपालिकाका किसानहरुमा जनधनको क्षति समेत पु¥याएको छ , क्षतिपूर्ती कसरी दिलाउनुहुन्छ ?

यो एउटा विपत् हो हामी निर्वाचित भईसकेपछि विपत् व्यवस्थापनको लागि ४० लाख बरावरको एउटा कोष खडा गरेका छौ । सोहि प्रकृतिको वालीको नोक्सान भएको ठाउँमा राहत दिने गरेका छौ ।

अन्त्यमा गाउँपालिकाको विकास र समृद्धि र प्रवधनको लागि कस्ता दयोजनाहरु वनाउन ुभएको छ ?

विकासको पाँचवटै क्षेत्रमा वजेट विनियोजन गर्नु पर्ने हुन्छ तर पनि आवश्यक्ताको आधारमा बजेट विनीयोेजन गर्छौ । हामी वृहत सामाजिक गुरुयोजनाको प्रक्रियामा हामी छौ ६१०० घरधुरी गजुरी गाउँपालिकामा छ जसमा घरमा सुन्य सुत्केरी कार्यक्रमहरु छन् यसैगरी सरसफाईको क्षेत्रमा ग्रामिण क्षेत्रका विद्यालयहरुमा किशारीहरु स्कुल छोड्ने धेरै छन् यसको न्युनिकरणमा विभिन्न कार्यक्रमहरु ल्याएका छौ । यस गाउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका छौ अव यसलाई पुर्ण सरसफाई गर्नको लागि विभिन्न कार्यक्रम लेराउने छौ । आधुनिक कृषि क्षेत्र प्रणाली तर्फ बिशेष हाम्रो कार्यक्रम रहनेछ ।

२०७५ बैसाख ३१ गते प्रकाशित

 

Leave a comment


Loading...

ताजा अपडेट