Today: April 24, 2018

धादिङको गजुरीवाट १ सय ६० किलो चरेस बरामद (भिडीयो सहित)

२५ चैत, धादिङ

धादिङको पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गलौदि पेट्रोल पम्पवाट चरेस सहित १ जनालाई पक्राउ गरेको छ ।

काठमान्डौबाट विरगंज तर्फ जादै गरेको एच आर ५५ एक्स २५४९ नम्वरको ट्रकमा लुकाईछिपाई क्याबिनमा फल्स बटम वनाइ ल्याईएको अवस्थामा पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ७ वटा प्लाष्टिकको वोरामा १६० किलो चरेस बरामद गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरिक्षक राम बहादुर केसीले जानकारी दिए ।

प्रहरीले ट्रक र भारत युपि मैनपुरी बस्ने २५ बर्षीय शशी कान्तलाई नियन्त्रणमा लिईएको छ ।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

२०७४ चैत २५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट