Today: June 21, 2018

५ बर्षे आवधिक योजना तर्जुमा गर्न गल्छीमा कार्यशाला

२९ फागुन,  धादिङ

गल्छी गाउँपालिकाले दुरदृष्टी, लक्ष्य, उद्देश्य, रणनीति, कार्यक्रम सहितको ५ बर्षे आवधिक योजना तर्जुमा गर्न प्रारम्भिक कार्यशाला गरेको छ ।

योजनावद्ध विकासको स्पष्ट मार्गचित्र निर्माण गर्न सोमबार र मंगलकार कार्यशाला गरेको गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सीनाले जानकारी दिइन् ।

कार्यक्रममा योजनाको आवश्यकता, औचित्यता, विधि, प्रक्रिया, सूचनाको अवस्था, भौगोलिक सूचना प्रणाली लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहजीकरण विपद् विषयका विज्ञ डा.गंगालाल तुलाधर, योजना विज्ञ एवं विकास उत्प्रेरक रमेशकुमार अधिकारी, जगन्नाथ अधिकारी, जिल्ला समन्वय समितिको सूचना अधिकृत भोला गौतमले गरेका थिए ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, पूर्वमन्त्री गंगालाल तुलाधर, प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, गाउँसभाका सवै सदस्यहरुका साथै राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, स्थानीय संघसंस्था एवं नागरिक अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

२०७४ फागुन २९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट