Fri. Mar 29th, 2024

गंगाजमुना पुग्ने ट्रेकिङ रुट निर्माण

ganga-jamuna
९ कात्तिक,  धादिङ –

उत्तरी धादिङको रिङ्ने नेत्रतालहुँदै गुम्दी गाविसको पोखराडाँडा, तिनसुरे हुँदै फूलखर्कको गंगाजमुना पुग्ने ट्रेकिङ रुट हिमालयन स्काई ट्रेलको निर्माण गरिएको छ ।

हिमालय स्काइ ट्रेेलको सहयोगमा कुल ४० लाखको लागतमा टे«किङ रुटको निर्माण गरिएको हो ।

४ रात ५ दिनको यात्रामा रिङ्ने नेत्रताल हुँदै गुम्दी गाविसको पोखराडाँडा, तिनसुरे हुँदै फूलखर्कको गंगाजमुना भएर पुन नेत्रतालमै फर्कन सकिने जनाइएको छ ।

जिल्लाकै प्रसिद्ध र चर्चित पर्यटकीय र धार्मिक स्थल ‘गंगा जमुना’लाई जुम्ल्याहा झरना पनि भन्ने गरिन्छ । हरेक वर्ष असारमा तुलसीको विरुवा सार्ने एकादशी (हरिशयनी), मंसीरमा तुलसीको विवाह गर्ने एकादशी (हरिबोधिनि)मा पनि मेला लाग्ने गर्दछ ।

About The Author

Loading...

अन्य समाचारहरु: