Fri. Mar 29th, 2024

खरीको सुख्खा डाँडामा पानी आएपछि गाउँमा खुसीयाली

१३ असार, ज्वालामुखी (धादिङ) –

 

 

वषैदेखि खानेपानीको समस्या भोगिरहेका धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीका स्थानीयहरुको खानेपानीको समस्या समाधान भएको छ । खरीको पोखरी डाँडामा डिप बोरिङ मार्फत पानी निकालिएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

पानीको हाहाकार मच्चिएर सुख्खा डाँडाको रुपमा चिनिएको पोखरीडाँडामा अहिले ३ इन्चको माइप भरी पानी निस्किएको छ । ‘जब गाउँमा मेसिन आयो गाउँलेले पत्याएनन् । मेसिनले दुई दिनको प्रयासपछि १ सय २० मिटर तलबाट पानी निकाल्यो । अनि मात्रै गाउँबासी हेर्न आए, साँचै पानी आएछ भन्दै सबै दंग छन्’ पूर्व गाविस अध्यक्ष रामहरी पोखरेलले सुनाए ।

सुख्खा डाडामा पानी आएपछि गाउँभरी खुसी छ । पानी हेर्न छिमेकी गाउँका मानिसहरु पनि आइपुगेका छन् । हाम्रो गाउँमा पानी निस्क्यो भन्दै छिमेकी र आफन्तलाई फोनमा खबर सुनाउन पाउँदा स्थानीय मख्ख छन् । अब गाउँबासीलाई पानीको समस्या नपर्ने ज्वालामूखी गाउँपालिका वडा न.ं ५ का अध्यक्ष कृष्ण काप्रीले बताए ।

जमिन प्वाल पारेर पानी निक्लिएपछि डिसिए नामक गैरसरकारीले सहयोग गर्ने भएको छ । डिसिएका कार्यक्रम संयोजक अजय पाण्डेले भने ‘पानी भर्खर निस्केको छ, हामी सर्भे गर्दैछौं, सर्भे सकिएपछि मात्रै लागत थाहा हुन्छ ।’ एक्सन नेपाल धादिङ मार्फत डिप बोरिङ र धारो निर्माणमा आवश्यक सहयोग गर्ने पाण्डेले बताए ।

डिटिएच रक डिलिङ कम्पनीले डिप बोरिङको काम गरेको छ । समुन्दी सतहबाट ११ सय ४० मिचर उचाईको सुख्खा डाडामा १ सय २० मिटर गहिराई पुगेपछि पिउन योग्य पानी भेटिएको कम्पनीका प्राविधिकहरुले बताए । गुणस्तरीय र दिर्घकालिन बनाउनका लागि २ सय ५ मिटरमा मिटर गरिाईमा मोटर राखिने कम्पनीले जनाएको छ । हाल ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ ।

डाँडागाउँ, भण्डारीगाउँ, हटिया, दमैडाँडा, कामीडाँडा, सार्कीडाँया, रानीपोखरी, धुसेनी, लयागतको स्थानका करिब ५ सय २० घर लाभान्वित हुनेछन् । खानेपानी योजना निर्माणको लागि जिल्ला समन्वय समिति धादिङले १० लाख सहयोग आएको पूर्व गाविस अध्यक्ष पोखरेलले जानकारी दिए ।
२०७४ असार १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: