Today: August 15, 2018

भूकम्पका घाईते अझै उपचार पाएनन्

सरिता श्रेष्ठ ३० जेठ ,धादिङ

तीनवर्ष अघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका १ रिचेतकी खोमाया तामाङ घाईते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो ।

घाइते भएर बारीको पाटामा ढलेका उनलाई ४ दिन पछि हेलिकप्टरबाट उपचारको लागि सदरमुकाम धादिङबेसी स्थित जिल्ला अस्पताल ल्याइयो । अस्पताल परिसर भूकम्पमा घाईते भएकाहरुले भरिभराउ थिए । हात भाँचिएको भनेर अस्पतालले सामान्य उपचार गरेपछि खोमाया घर फर्किए ।

केही दिनपछि भाचिएको हात झन् दुख्न थाल्यो । भाँचिएर लथ्य्राक–लथ्य्राक बनेको हातमा सामान्य वेण्डेज बाँधेर उनका श्रीमान बुद्धसिंह तामाङले भरतपुर अस्पताल पु¥याए । भरतपुर अस्पतालमा १ हप्ता लगाएर प्लास्टर गरेपछि घर फर्किइन् । तर हात विसो हुनुको सट्टा उल्टो पाक्न थाल्यो । कुहिएर हातै झर्ला भन्ने डरले उनका श्रीमानले उनलाई फेरी कंलकी स्थित शहिद मेमोरियल अस्पताल पु¥याए । हातमा ७ वटा स्टिल हालेर घर फर्किइन् । उपचार खर्च अभावले अझै पनि हातमा राखिएको स्टिल निकाल्न नसकेको उनले बताइन् । ‘उपचारका लागि अहिलेसम्म ४ लाख खर्च भइसक्यो’ तामाङले भनिन् ‘खर्च अभावका कारण हातमा राखिएको स्टिल निकाल्न सकेको छैन ।’ सरकारले भुकम्पका घाइतेलाई निशुल्क उपचार गराउने भनेपनि बेबास्ता गरेको तामाङले बताइन् ।

खोमाया उपचारको खोजीमा भौतारिरहेकी छन् । भूकम्पपछि ढलेको घरले पुरिदाँ भाँचिएको दाँया हातको उपचार अझै पूर्ण भएको छैन । उपचारका लागि कहिले काठमाडौँ त कहिले भरतपुर अस्पतालमा धाउने गरेकी छन् । भएका जायजेथा बेचेर उपचारका लागि खर्च गरिसकेकी छन् तर अझै पनि बिसोक भएको छैन । हातको दुखाईले गर्दा राम्रोसँग हिडडुल गर्न पनि सक्दिनन् । तामाङको १४ वर्षीय छोरी प्रेममाया तामाङ पनि भूकम्पमा परी घाइते भएकी थिएन । घाईते भएकी उनको उपचारपछि निको भएकी हुन् । छोरीको उपचार पनि आफ्नै खर्चमा गरेकी खोमायाले सुनाइन् ।

उपचारका लागि खोमायाँका श्रीमान बुद्धसिंह तामाङले जिल्ला दैविक प्रकोप उद्दार समिति र जिल्ला स्वास्थ्य कार्यलय धादिङमा घाइतेको उपचार सहयोगका लागि पटक पटक आग्रह गरेका थिए । तर स्थानीय निकायहरु सरकारको नीति बेगरको कुरा भन्दै घाइतेका उपचार खर्च बेहोर्न मौन बसिरहेको बुद्धसिंहले बताए । ‘उपचार खर्च दिलाइदिन सम्बन्धित निकायहरुसम्म हारगुहार ग¥यौ’, तामाङले भने, ‘कहिकतैबाट पनि उपचार खर्च पाउन सकेनौँ ।’ सरकारले घाईतेहरुलाई झन् पीडा थप्ने काम गरेको उनको भनाई छ ।

स्वास्थ्य कार्यालयका कर्मचारीले स्वास्थ्य मन्त्रालयमा नै जान भनेपछि बुद्धसिंहले स्वास्थ्य मन्त्रालयमा दुई महिना अगाडि अहिलेसम्म लागेको खर्चको विल पेश गरेका थिए । तर तीनपटक धाइसक्यो अहिलेसम्म उपचार खर्च भने पाउन सकेको छैन । सरकारले भुकम्पका घाइतेहरुको सम्पूर्ण उपचार निशुल्क गर्ने घोषणा गरेपनि घाइतेहरुले उपचार खर्च नभएकै कारण पीडा भोगिरहेका छन् । भुकम्पका घाइतेलाई तत्कालका लागि आपतकालिन उपचारसेवा दिएपनि अंगभंग भएका र गम्भीर प्रकृतिका घाइतेहरुको थप उपचारका लागि बेवास्था गरेको घाईतेहरुको भनाई छ ।

यता गंगाजमुना १ रिचेतका गन्छ्रीङ तामाङ पनि उस्तै पीडामा छन् । बैशाख १२ गतेको भूकम्पमा उनी घाईते भइन् । भूकम्पमा भत्किएको घरले च्यापेर उनको दायाँ खुट्टामा चोट लाग्न पुग्यो । तत्कालै सदरमुकाम उपचारका लागि सदरमुकाम ल्याइएपनि अहिलेसम्म निको हुन सकेको छैन । उनको खुट्टाको चार पटक अपरेशन गरिसक्यो तर अहिलेसम्म पनि निको हुन सकेको गन्छीङले बताइन् । ‘आफ्नो खर्चले नधानेपछि उपचारका लागि सरकारको भर गरेर बसे’ गन्छीङले भनिन्, ‘आफ्नै खर्चमा खुट्टामा हालिएको स्टिल निकालेपनि राम्रोसँग हिडडुल गर्न सक्दिनन् ।’

खोमाया र गन्छ्रीङ त उदारणीय पात्र मात्र हुन् । भूकम्पमा परि उनीहरु जस्ता धेरै घाइतेहरुले अझै उपचार पाएका छैनन् । भूकम्पले दिएको चोटलाई बोकिरहेका छन् । भूकम्पले मर्ने त मरेर गए तर घाइते भएर थलिएकाहरु पीडामा पीडा बोकेर बसिरहेका छन् । २०७२ साल बैशाखमा जब भूकम्प गयो मृत्यु भएकाहरु त मरेर गए बाँचेकाहरुको अझै आखाँ ओभाएका छैनन् । घर भत्किएर घाईते भएकाहरुको घाउ अझै बिसो भएको छैन । भूकम्पमा परि घाईते भएकाहरुको घाउ अझै निको हुन सकेको छैन ।

२०७५ जेठ ३० गते प्रकाशित

Leave a comment


Loading...